प्रतिवन्धित नेपाल कम्यूनिष्ट पाटी (विप्लव) नेतृत्वकी केन्द्रिय सदस्य ४२ वर्षीय उमा भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ ।
अजिरकोट गाउँपालिका–४ काफलडाडा स्थायी घर भएकी भुजेललाई कैलाली प्रहरीले जेष्ठ २० गते गोरखा नगरपालिका–१३ बाट गिरफ्तार गरी गोरखा प्रहरीको जिम्मा लगाएको हो ।
उनलाई जेठ २१ गते सार्वजनिक शान्तिविरुद्घको कसुरमा मुद्दा दर्ताका लागी गोरखा अदालतमा पेश गरिने डिएसपी वासुदेव खतिवडाले बताउनुभयो ।