१५ वर्षीया वालिकालाई वलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–७ च्याङलीका १७ वर्षिय दिपेन्दू कुमाललाई प्रहरीले जेठ ११ गते गिरफतार गरेको छ ।
पीडितलाई आरोपिले ललाई फकाई वलात्कार गरेको भन्दै पीडित पक्षले जेष्ठ ९ गते उजुरी दिएको एसपी ओम अधिकारीले बताउनुभयो ।
पिडितको उजुरीका आधारमा आरोपितलाई जेष्ठ ११ गते गिरफतार गरी जवरजस्ती करणी शीर्षकमा मुद्घा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी वढाइएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते गोरखा अस्पतालमा भएको थियो ।