१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेका चार जना आरोपितमध्ये रवि पौडेलले सफाई पाएका छन् ।
जिल्ला अदालत काठमाडौँको आदेशले आरोपितमध्येका रवि पौडेललाई कात्तिक २७ गतेको फैसलाले सफाई दिएको हो ।
बलात्कार गरेको आरोप लागेका मुख्य आरोपित शैलेश कार्कीलाई भने जिल्ला अदालत काठमाडौँको कात्तिक २१ गतेको आदेशले ५ वर्ष २ महिनाको जेल सजाय सुनाएको थियो ।
साथै कार्कीले पीडितलाई ७ लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसलामा उल्लेख गरिएको छ ।
सोही आरोपमा विकास गौतम र दिपक श्रेष्ठलाई समेत १ वर्ष २ महिना जेल सजाय हुने भएको छ ।
दरबारमार्गको ल्यान्डमार्क होटलमा ०७४ माघ ७ गते युवतीका प्रेमी भनिने कार्कीसहित चार जनाले सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा चलेको थियो ।
प्रहरीले आरोपित कार्कीलाई ०७४ चैत ६ गते दरबारमार्गबाटै गिरफ्तार गरिएको थियो । ०७५ जेठ ४ गते सरकारी वकिलको कार्यालयले बलात्कार कसुरमा साजय माग गरी मुद्दा दर्ता गरेको थियो ।
०७६ कात्तिक २१ मा न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उक्त फैसला सुनाएको भएपनि अन्य कानुनी प्रक्रिया सक्न समय लागेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।