INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाका नौ जना कार्यकर्ता रिहा, अदालतद्वारा इन्सेक प्रतिनिधिलाई जिम्मा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नौ जना कार्यकर्तालाई चैत १५ गते रिहा गर्दा जिल्ला अदालतले इन्सेक जिल्ला प्रतिनिधिलाई जिम्मा लगाएको छ ।

राज्यविरुद्धको अपराध गरेको आरोपमा गत फागुन १७ गते चौतारा सागाचोकगढी नपा १० स्थित कार्कीटारबाट गिरफ्तार गरिएका उनीहरुलाई जिल्ला अदालतले चैत १३ गते धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

धरौटी रकम बुझाउन नसकेपछि १३ गते नै अदालतले उनीहरुलाई कारागार चलान गरेको थियो । धरौटी रकम चैत १५ गते बुझाएपछि अदालतले इन्सेक प्रतिनिधिको जिम्मामा रिहा गरेको हो ।

अदालतको आदेशले धरौटी रकम बुझाएर रिहा हुनेहरुमा रामेछाप जिल्ला खाडादेवी गाउँपालिका ९ का सुजन भन्ने हिरा घिसिङ, उदयपुर जिल्ला केउरिनी नपा-९ का शिव बिक, कालिकोट जिल्ला सान्नेत्रिवेणी गाउँपालिका-९ का नवराज केसी, काभ्रे जिल्ला भुम्लु गाउँपालिका-३ का कविराम भन्ने सञ्जिव पहरी, कालिकोट जिल्ला खडाचक्र नपा-४ का अनिल बिक, कैलाली जिल्ला लम्की चुहा नपा-९ का देउराम लोहार, इलाम जिल्ला इलाम नपा-७ का सागर राई, मकवानपुर जिल्ला मनहरा गाउँपालिका-२ का चन्द्रबहादुर मोक्तान र चितवन जिल्ला राप्ती नपा-१२ का साजन भन्ने आशिष महतो रहेका छन् ।

इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले जिल्ला अदालतबाट जिम्मा लिएर चौतारास्थित बीच बजारमा पुर्‍याई सुरक्षित स्थानतर्फ पठाएको बताए ।

अन्य

भिडियो