१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको कसुरमा कुम्मायक गाउँपालिका–१ का २२ वर्षीय दलबहादुर लावतीलाई आठ वर्ष कैद भुक्तानका लागि माघ ११ गते जिल्ला कारागार चलान गरिएको छ । जिल्ला अदालतले कसुरदारबाट २५ हजार रुपियाँ जरिबाना समेत भराउन फैसला गरेको छ ।
पीडितलाई आरोपितले ०७१ माघ १८ गते अपहरण गरी शरीर बन्धक बनाएको भन्दै कसुरदारविरूद्ध माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो ।
घटनापछि फरार रहेका आरोपितलाई माघ ११ गते घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।
अदालतवाट सजाय तोक लागी फरार रहेकाहरूको खोजी गर्ने क्रममा गिरफ्तार गरिएको इन्स्पेक्टर पौडेलले बताए ।