INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षबाट बालिकाको हत्या

विराटनगर महानगरपालिका–८ बलुवाई स्थित सिंगिया खोलामा एक बालिकाको हत्या गरेर फालेको अवस्थामा माघ १३ गते शव फेला परेको छ ।
हत्या गरेर फालेको अवस्थामा सोही ठाउँकी १० वर्षीया रूपमती दासको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सुवास भट्टराईले बताए । बालिकाको शव नग्न र पानीमा डुबेको अवस्थामा भेटिएको हो ।

माघ १२ गते राति छिमेकीको घरमा टिभी हेर्न भनी गएकी बालिका बिहानसम्म पनि घर नफर्केपछि खोजी गर्दा मृत भेटिएकी हुन् ।

अरू बेलामा पनि छिमेकीको घरमा टिभी हेर्न जाने र त्यहि घरमा बस्ने गरेका कारण अभिभावकहरूले राति बालिकाको खोजी गरेका थिएनन् ।

हराएकी बालिका खोजी गर्ने क्रममा हजुरआमा सीतादेवी दासले खोलामा घोप्टो परेको डुबेको अवस्थामा शव फेला पारेको बताइन् ।

शवको पोष्टमार्टम कोशी अञ्चल अस्पातालमा माघ १३ गते गरिएको छ । शव परिवारको जिम्मा लगाएर घटनामा संलग्नहरूको खोजी थालिएको इन्स्पेक्टर भट्टराईले बताए ।

अन्य

भिडियो