INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-५ का ६५ वर्षीय दुखीलाल खङ्गलाई भदौ १० गते गिरफ्तार गरेको छ ।

पीडितकी आमाले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

पीडित बालिकालाई आरोपितले भदौ ७ गते हातपात गरी यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भदौ ८ गते गरिएको छ ।

अन्य

भिडियो