INSEC Online

📅 २०८३ जेष्ठ २१

सिमा नाकाबाट ६ जनाको उद्धार

१६ वर्षीया दुई जना, १५ वर्षीया एक जना गरी तीन जना बालिका र १८ वर्षीया दुई जना युवतीलाई राम्रो जागिर लगाई दिने बहानामा कृष्णनगर नाका हुँदै भारततर्फलैजाँदै गरेको आरोपमा पीडित बालिका र युवतीलाई प्रहरीले चैत १८ गते उद्धार गरेको छ ।

उद्धार गरिएकाहरूलाई चितवन जिल्ला घर भई हाल भारतको पन्जाबको स्थित लुधियाना बस्दै आएकी २४ वर्षीया मिना पोख्रेलले होजियारी कम्पनीमा जागिर लगाई दिने भनी कृष्णनगर नाका हुँदै भारत लैजाँदै गर्दाको अवस्थामा इलाका प्रहरी कार्यालय कृष्णनगरले उद्धार गरेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर सुभाष गैह्रले जानकारी दिएका छन्  ।

त्यसैगरी घर परिवारलाई जानकारी नै नदिई १५ वर्षीया बालिकालाई आफ्नै मामाले भारततर्फलैजाँदै गरेको आरोपमा चैत १८ गते नै इलाका प्रहरी कार्यालय, कृष्णनगरले उद्धार गरेको जनाएको छ ।

अन्य

भिडियो