INSEC Online

📅 २०८३ जेष्ठ २१

सिप सिकेर आम्दानी गर्दै कैदीबन्दी

खेल खेलेरै दैनिकी बिताउने जिल्ला कारागार, डडेल्धुराका कैदीबन्दीहरूले मुडा उत्पादन गरी आम्दानी गर्न थालेका छन् ।

कैदीबन्दीहरूले आफ्नै लगानीमा निगालो, प्लाष्टिकको डोरी, सरिया तथा साईकलको टायर जस्ता बिभिन्न सामग्रीहरू प्रयोग गरी मुडा बनाउन जुटेका हुन । मुडा बनाउने सिप सिकेपछि कारागारमा रहेका ४८ जना कैदीबन्दी मध्ये १२ जना अहिले मुडा बनाउनमै व्यस्त हुने गरेका छन् ।

यसरी बनाइएका मुडाबाट ७ सय रुपियाँदेखि १ हजार ४ सय रुपियाँसम्म विक्री गर्दा आम्दानी पनि हुन थालेको बन्दी शिद्ध साउदले बताए । उनी भन्छन्-‘सरकारले क्षमता पहिचान गरेर अन्य कैदीलाई पनि सिप सिकाए कारागार व्यवहारमै पनि सुधारगृहको रूपमा स्थापित गरिनु पर्दछ ।’

सुधारगृहमा रहेका कैदीबन्दीहरूलाई सरकार र सरोकारवालहरुले विभिन्न किसिमका सीप सिकाउनुको साटो कुनै पनि वस्ता नगरेको र राज्यले प्रदान गर्ने सेवा सुविधाको समेत अनुभूति गर्न नपाएको बन्दी चन्द्रबहादुर साउदले बताएका छन् ।

राज्यले कैदीबन्दीहरुलाई पछिल्लो समय कारागारमा नभई सुधारगृहमा राखेको बताउने गरेको छ । तर, सुधारगृह भनिएपनि त्यो अनुरूपको वातावरण नहुँदा सिप भएकाहरू पनि त्यतिकै बसिरहँदा डडेल्धुरा कारागारका कैदीबन्दीले गरेको यो काम भने अनुकरणीय छ ।

1

1

1

1

1

1

अन्य

भिडियो