INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा कार्यक्रम

स्थानीय तह निर्वाचन नजिकँदै गर्दा सदरमुकाममै आचारसंहिता विपरीत नेपाली कङ्ग्रेसले विद्यालय भित्रै कार्यक्रम सञ्चालन गरेको छ ।

Photo20170413Dhading

नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ उच्च माविमा चैत ३१ गते विद्यालयमा नेपाली कङ्ग्रेसले पार्टीको झण्डा राखेर कार्यक्रम आयोजना गरेको हो ।

विद्यालय भित्रै झण्डा, व्यानर, निर्वाचन चिन्हसमेत राखेर विद्यालय भित्रै आयोजित कार्यक्रममा नेपाली कङ्ग्रेसका जिल्ला तहका नेताहरू सहभागी थिए ।

निर्वाचन आयोगले जारी गरेको आचार संहितामा विद्यालयमा कुनै पनि राजनीतिक दलले कार्यक्रम गर्न नपाइने उल्लेख गरेको छ ।

विद्यालयमा भएको निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा जिल्ला निर्वाचन अधिकारी इश्वार सिङ्खडाले आफूले यस विषयमा बुझ्न नपाएकोले पछि खबर गर्ने बताए । विद्यालयमा कार्यक्रम सञ्चालन भएको जिल्ला निर्वाचन अधिकारी आफैँलेसमेत देखेका थिए ।

अन्य

भिडियो