INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनरासिसवा नगरपालिका-६ सरपल्लोका ६५ वर्षीय खेभन साहलाई गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतका अनुसार बालिकाको परिवारले कात्तिक १८ गते प्रहरीमा दिएको उजुरीका आधारमा सोही दिन साहलाई गिरफ्तार गरिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १८ गते जलेश्वर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो