सात वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका दोषी ठहर गरिएका १३ वर्षीय बालकलाई जिल्ला अदालत दाङले अभियोगमा दोषी ठहर गर्दै फैसला गरेको एक महिना कैद सजाय स्थगित गरेको जनाएको छ ।
न्यायाधीश बलभद्र बास्तोलाको इजलासले कात्तिक २४ गते बालकलाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेपनि आरोपित नाबालक भएकोले कैद स्थगित गरिएको अदालतका श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।
पीडित बालिकालाई आरोपितले कात्तिक ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक ११ गते नै प्रहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकाका अभिभावकको उजुरीपछि प्रहरीले कात्तिक ११ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल दाङमा गरिएको प्रहरीले जनाएको छ ।