१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका–१० का २९ वर्षीय नरेश राईविरूद्ध प्रहरीले कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
पीडित युवतीलाई आरोपितले असोज २६ गते बलात्कार गरेको आरोपमा पीडितले कात्तिक १३ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् ।
आरोपित राई भने फरार रहेको र अदालतमा मुद्दा दर्ता गरी गिरफ्तारीका लागि अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक १३ गते नै इलाम अस्पतालमा गरिएको छ ।