नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका–३ रसुवासालघारीका २८ वर्षीय डम्बरबहादुर राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले ६ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।