INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्जन्हा नपाका मेयरमाथि आक्रमण गरेको घटनाका आरोपित गिरफ्तार

कर्जन्हा नगरपालिका–६ का ३६ वर्षीय मेयर गङ्गा पासवानमाथि आक्रमण गरेको आरोपमा कर्जन्हा नगरपालिका–६ का २८ वर्षीय प्रभात महतोलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले कात्तिक ५ गते  गिरफ्तार गरेको छ ।

असोज २३ गते नगरपालिका कार्यालयमा विशेष नगरसभापछि घर फर्कने क्रममा मेयरसहित कार्यपालिका सदस्य र वडा सदस्यहरू चढेको ना. १ झ १६३९ नम्बरको जिपमा ढुङ्गा प्रहार गरी आक्रमण भएको थियो ।

ढुङ्गा प्रहारबाट मेयर चढेको जिपमा क्षति पुगेको थियो । घटनाको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज २३ गते परेको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहका अनुसार घटनाको अनुसन्धानका क्रममा आरोपितको सङ्लग्नता देखिएकाले गिरफ्तार गरिएको हो ।

अन्य

भिडियो