६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपालगञ्ज उपमनपा–३ का ४२ वर्षीय लौववा पटहर विरूद्ध कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताइन् । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ३ गते भेरी अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनायो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,