INSEC Online

📅 २०८३ जेष्ठ २१

चिर्पट प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

मुसिकोट नगरपालिका–४ बडागाउँ दोभानकी ३४ वर्षीया लाली कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले लालीका पति पङ्कज कुमाललाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

अत्यधिक मदिरा सेवन गरेका पङ्कजले कात्तिक ३ गते राति करिव साढे आठ बजे पत्नीलाई चिर्पट प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

लालीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेपछि उपचारको लागि तम्घास ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको एसपी बस्नेतले बताए ।

पङ्कजले पहिले पनि घरमा पत्नी र बृद्धा आमालाई कुटपिट गर्ने र अरू अपराधिक क्रियाकलाप गरेर दुःख दिने गरेको मुसिकोट नगरपालिका–४ का वडा सदस्य टीका गुरुङले बताए । शवको पोष्टमार्टम कात्तिक ४ गते जिल्ला अस्पताल तम्घासमा गरिने प्रहरीले जनाएको छ ।

अन्य

भिडियो