२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका–३ का ४० वर्षीय बागबहादुर तामाङलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज २२ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडितले असोज २५ गते इलाका प्रहरी कार्यालय जलबीरेमा उजुरी गरेको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २५ गते स्वास्थ्य केन्द्र जलबीरेमागरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए ।