INSEC Online

📅 २०८३ जेष्ठ २१

दसैँ तिहारका लागि पाँच केजी चामल माग्न गएका पत्रकारमाथि प्रहरीको धम्की

सिमकोट गाउँपालिका–२ का ३६ वर्षीय पत्रकार मिमसिंह नेपालीलाई दसैँ तिहारका लागि पाँच केजी चामल माग्न जाँदा असोज २६ गते प्रहरीले धम्की दिएको पीडितले आरोप लगाएका छन् ।

खाद्य सम्प्रभूता कायम गरेको राज्यले पाँच केजी चामल खाद्य संस्थान कार्यालयमा माग्न गएको बेला सुरक्षाको अवस्था देखाउँदै राजदानी दैनिकका जिल्ला सम्वाददाता एवम् पत्रकार महासङ्घ हुम्लाका उपाध्यक्ष नेपालीलाई प्रहरीद्वारा धरपकड गर्दै ‘तँलाई जेलमा हालदिन्छु’ भनेर धम्की दिएको पत्रकार नेपालीले आरोप लागाए ।

हुम्लामा खाद्यान्नको अभाव भएको अवस्थामा असोज २६ गते पाँच केजीका दरले चामल वितरण गरिएको थियो ।

चामल वितरणका क्रममा स्थानीयले ‘खाद्यान्न पाउनुपर्छ हामी पनि देशको नागरिक हो’ भनेपछि खाद्य संस्थान कार्यालयमा खटिएका नाम नखुलेका प्रहरी असईबाट पत्रकार नेपालीलाई धरपकड गरेको नेपालीले बताए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रविन श्रेष्ठले पत्रकारको खाद्यान्नका कर्मचारीसँग विवाद भएको देख्दा प्रहरीले सो विवादलाई साम्य गर्न खोजेको प्रतिक्रिया दिए । प्रहरीबाट गल्ती भएको पाइएमा सम्झाउने बताए ।

अन्य

भिडियो