१०, ११ र १२ वर्षीया तीनजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–६ लेकसाइडबाट दुईजना भारतीय नागरिकलाई असोज २२ गते गिरफ्तार गरेको छ ।
आरोपितद्वयले पोखरा मनपा–१५ का ती बालिकाहरूलाई आरोपितले असोज २१ गते १ हजार रुपियाँको लोभ देखाएर यौन दुर्व्यवहार गरेको प्रहरीको भनाई छ ।
आरोपितद्वय भारतको बिहार राज्यको दतीया जिल्ला घर भई हाल पोखरामा बस्दै आएका १९ वर्षीय कासमिन आलम र १७ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण असोज २२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनाएको छ ।