१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरिले माइजोगमाई गाउँपालिकामा पशु प्राविधिकको रूपमा कार्यरत ३२ वर्षीय काशिनाथ निरौलालाई असोज २१ गते गिरफ्तार गरेको छ ।
इलाम नगरपालिका-२ सुम्बेक घर भएका आरोपितले असोज २० गते मादक पदार्थ सेवन गरी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जनाएको हो ।
आरोपित विरूद्ध यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका एसपी माधवप्रसाद श्रेष्ठले बताए ।