INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकै दिन यात्रु बसमा तोडफोड

प्रहरीले गिरफ्तार गरेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सङ्खुवासभा बन्द गरेकै दिन असोज २१ गते अपरिचित व्यक्तिहरूको समूहले यात्रुबहाक बसमा तोडफोड गरेका छन् ।

धरानबाट सङ्खुवासभा आउँदै गरेको साँगुरी यातायातको को १ ख ६०२० नम्बरको बसमा उक्त समूहले चैनपुर नपा–११, खराङ भन्ने ठाउँमा तोडफोड गर्दा चालक घाइते भएका छन् । उनीहरूको आक्रमणबाट बसको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारूमगरले बताए ।

घाइते चालकको उपचार खाँदबारी अस्पतालमा गरिरहेको बताउँदै डिएसपी मगरले आक्रमणमा संलग्नहरूको खोजी कार्य जारी रहेको जानकारी दिए । बसमा सवार यात्रुहरू भने सकुशल रहेको जनाइएको छ ।

अन्य

भिडियो