१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको बसन्तपुर, बेतिया घर बताउने १९ वर्षीय बब्लुकुमार माझीलाई असोज १९गते गिरफ्तार गरेको छ ।
असोज १८ गते नै स्थानीयले आरोपितलाई प्रहरीमा बुझाएका थिए । आरोपित प्रहरीको थुनुवा कक्षबाट भागेपछि असोज १८ गते प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका थिए ।
आरोपितलाई माथिल्लो गोटिखेलबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गोटिखेलका सई मनोहरी थापाले बताए । पीडित बालिकाको सामान्य स्वास्थ्य परीक्षण गोटिखेल स्वास्थ्यचौकीमा गरिएको छ ।