INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैद

२५ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नगरपालिका-२ चारघरेका ४२ वर्षीय रामजी बिकलाई जिल्ला अदालत उदयपुरले असोज १७ गते २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले यौन दुर्व्यवहारको प्रयास गरेको कसुर ठहर गर्दै सो फैसला सुनाएको हो ।

पीडित युवतीलाई बिकले ०७५ जेठ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ २९ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ २९ गते प्राथामिक स्वास्थ्य चौकी बेल्टारमा गरिएको थियो । उजुरी परेसँगै गिरफ्तार गरिएका बिकलाई जिल्ला अदालतले ०७५ असार २४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अन्य

भिडियो