INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लि गाउँपालिका-२ का ४२ वर्षीय अमरनारायण श्रेष्ठलाई जिल्ला अदालत उदयपुरले असोज १७ गते तीन वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै सो फैसला सुनाएको हो ।

पीडित बालिकालाई श्रेष्ठले ०७५ असार ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार ७ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ७ गते गते कटारी अस्पतालमा गरिएको थियो । श्रेष्ठलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले असार २५ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अन्य

भिडियो