INSEC Online

📅 २०८३ जेष्ठ २१

उमाकान्त हमाल हत्याका फरार आरोपित नौ वर्षपछि गिरफ्तार

नेपाली काँग्रेस महासमिति सदस्य सिजा गाउँपालिका (तत्कालीन धाँपा गाविस–९ चुलेलगाउँ)का ६५ वर्षीय उमाकान्त हमालको हत्या गरेको आरोपमा प्रहरीले नौ वर्पषछि सिजा गाउँपालिका–६ (तत्कालीन शनिगाउँ गाविस–७) का ३४ वर्षीषीय नर भन्ने नरबहादुर रोकायालाई असोज ११ गते गिरफ्तार गरेको छ ।
गाउँ नजिक रहेको जङ्गलमा पुर्या‍एर २०६६ जेठ ८ गते हमालको हत्या गरिएको थियो । आरोपित रोकायालाई अदालतमा पेश गरी पुप{क्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
यही घटनामा संलग्न रहेको आरोप लागेका अन्य फरार नौ जनाको खोनी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश केसीले बताए । हमालको हत्यामा तत्कालीन नेकपा माओवादीका अगुवा कार्यकर्ताको संलग्नता रहेको भन्दै किटानी उजुरी दर्ता भएको थियो ।
प्रहरीले हत्यामा संलग्नलाई नियन्त्रणमा लिन नसकेको भन्दै हमाल निकट आफन्तजनले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उक्त घटनामा संलग्न भएको आरोपमा २७ जना विरूद्ध किटानी उजुरी दर्ता भएकोमा १७ जना गिरफ्तार भइसकेका छन् । घटनाका विषयमा इन्सेकले स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।

अन्य

भिडियो