INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरणपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार

विराटनगर उपमहानगरपालिका–१७ का १६ वर्षीय बालक मोहम्मद अस्फाकको असोज १ गते अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले असोज १४ गते विराटनगर उपमहानपा–१७ का २० वर्षीय महोम्मद सद्दिम हुसेन र २१ वर्षीय महोम्मद आरिफ आलमलाई गिरफ्तार गरेको छ ।

अपहरणपछि हत्या गरेर ५० लाख रुपियाँ फिरौती मागेको आरोपमा पीडित पक्षको उजुरी आएपछि आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

असोज १ गते साँझसँगै बसेर खाजा खाएका आरोपितद्घयले अस्फाकको अपहरणपछि सोही रात हत्या गरेको र हत्यापछि अस्फाकको बुवासँग ५० लाख रुपियाँ फिरौती मागेको पीडित पक्षको आरोप छ ।

अस्फाकको शव विराटनगर–१४ र १५ मा रहेको सानु पैनीमा कुहिएको र टाउको छुट्टिएको अवस्थामा असोज ७ गते फेला परेको थियो । लुगा र औँठीको आधारमा परिवारले शवको पहिचान गरेको थियो ।

अन्य

भिडियो