INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक गिरफ्तार

आठ देखि १२ वर्ष उमेर समूहका सात जना विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेनी नपा–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षक ५३ वर्षीय यामबहादुर जिसीलाई असोज १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाहरूलाई आरोपितले यौन दुर्व्यवहार गर्ने गरेको घटना असोज ३ गते सार्वजनिक भएको थियो । यससम्बन्धी समाचार असोज ४ गते इन्सेक अनलाइनमा समेत प्रकाशित थियो ।

असोज ३ गते विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधिलगायतको सर्वपक्षीय भेलामा आरोपित जिसीले विद्यार्थी माथि दुर्व्यवहार गरेको बारे स्वीकार गरेका थिए । भेलाले आरोपित शिक्षकले बालबालिकामाथि दुर्व्यवहार गरेकाले असोज १३ गतेसम्मको समय सिमा दिएर शिक्षक जिसीलाई अन्य विकल्प खोज्न भनेको थियो । विद्यालय प्रशासनका अनुसार आरोपित शिक्षक जिसीले असोज १२ गते राजिनामा दिइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरबहादुर बुढामगरले सर्वपक्षीय भेलामा सात जना बालिका पीडित भएको भनिएपनि तीनजना बालिका पीडित भएको जानकारी प्रहरीसमक्ष आएको बताए । स्थानीयको असहयोगका कारण आरोपित शिक्षकलाई गिरफ्तार गर्न ढिलाई भएको डिएसपी बुढामगरको आरोप छ ।

अन्य

भिडियो