INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले परशुराम नगरपालिकाका २८ वर्षीय वीरबहादुर बोहरालाई असोज १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ९ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले असोज १२ गते प्रहरीमा उजुरी दिएको थियो ।

आरोपितमध्येका परशुराम नगरपालिकाका २३ वर्षीय शिवशङ्कर जोशी फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डम्बरबहादुर केसीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण उपक्षेत्रीय अस्पताल डडेल्धुरामा असोज १२ गते गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो