INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनाका फरार अरोपित रूरू गाउँपालिका–३ थानपतिका २३ वर्षीय सुरज भनिने विनोद श्रेष्ठलाई साढे पाँच वर्ष पछि असोज १० गते प्रहरीले गिरफ्तार गरेको छ ।

एक महिलालाई ०७० मा बलात्कार गरी फरार रहेको श्रेष्ठलाई जिल्ला अदालतले ०७३ वैशाख २२ गते दोषी ठहर गर्दै ६ वर्ष कैद र २५ हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको थियो ।

अरोपितलाई रूरू गाउँपालिका–१ बाट गिरफ्तार गरी असोज ११ गते जिल्ला कारागार पठाइएको एसपी दिपककुमार बस्नेतले बताए ।

आरोपितले छत्रकोट गाउँपालिकाकी बालिका भगाएर काठमाडौँमा बस्दै आएको भन्दै बालिकाका आफन्तले असोज ११ गते जिल्ला प्रहरी काार्यललय उजुरी दिएको मुद्दा शाखा सई शिवबहादुर खत्रीले बताए ।

अन्य

भिडियो