INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाँउपालिका–६ का २५ वर्षीय छत्रमान राईलाई असोज ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ९ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १२ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो