INSEC Online

📅 २०८३ जेष्ठ २१

बुहारी हत्याका आरोपित गिरफ्तार

सरावल गाउँपालिका–६ कुर्थावलकी ३८ वर्षीया सुमित्रा हरिजनको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय ससुरा चिनक हरिजनलाई असोज ७ गते गिरफ्तार गरेको छ ।

आरोपितले घरयासी विवादमा वैशाख २५ गते कुटपिट गरी गम्भीर घाइते भएकी सुमित्राको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा असोज ६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित पक्षले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र गुरूङले बताए ।

घटना लगत्तै कुटपिटमा उजुरी दिएकोमा मृत्यु पश्चात कर्तव्य ज्यानमा किटानी उजुरी परेको इन्स्पेक्टर गुरूङले बताए । शवको पोष्टमार्टम असोज ७ गते भैरहवास्थित मेडिकल कलेजमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो