३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका–१ का ३० वर्षीय प्रेम राईलाई असोज ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका सई विष्णु खड्काले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको छ । पीडित महिलालाई आरोपितले मार्ने धम्की दिई असोज ३ गते बलात्कार गरेको पीडित महिलाले बताइन् ।