INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा कैदको फैसला

२५ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असोज ७ गते गढवा गाउँपालिका–४ का २६ वर्षीय मोहम्मद मुस्लिमलाई पाँच वर्ष र सोही ठाउँका २१ वर्षीय मोहम्द साहिद मुसलमानलाई तीन वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले बलात्कार कसुरमा दोषी ठहर गर्दै मुस्लिमलाई पाँच वर्ष कैद र ५० हजार रुपिँया क्षतिपूर्ति तथा मुसलमानलाई तीन वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालतका नासु दिलबहादुर घर्तीले बताए ।

पीडित युवतीलाई आरोपितद्वयले ०७४ असोज १५ गते बलात्कार गरेको अरोपमा प्रहरीले ०७४ असोज १९ गते आरोपितद्वयलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

अन्य

भिडियो