१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ स्थित थुम्पाखरका ४१ वर्षीय प्रदिपकुमार बस्नेतलाई असोज ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज ६ गते यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ । पीडित पक्षले असोज ७ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ७ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कँडेलले बताए ।