१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते इलाम जिल्ला सुर्योदय नपा–४ का ५० वर्षीय विनोद गुरुङलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज ५ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ५ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।