INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अरुण गाउँपालिका–४ चिसापानीका ३८ वर्षीय लालबहादुर श्रेष्ठलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा ४ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकृत चरित्रविक्रम कार्कीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको सूचना अधिकृत कार्कीले बताए । स्वास्थ्य परीक्षणका लागि किन ढिलाइ भयो सो भने खुल्न सकेको छैन ।

अन्य

भिडियो