१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका–४ का २४ वर्षीय नन्दु जोशीलाई असोज २ गते गिरफ्तार गरेको छ ।
घटनाबारे थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता कान्तिराज जोशीले बताए ।
जबरजस्तीकरणी उद्योग गरेको ठहरेमा तीन वर्षसम्म जेल सजाय हुनुका साथै ३० हजार रुपियाँसम्म जरिबाना हुने कानुनमा उल्लेख गरिएको छ ।