१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठबीस नगरपालिका–८ तिलेपाटाका ३५ वर्षीय देबे कामीलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।
पीडित बालिकालाई साउन १० गते बलात्कार गरेको र महिनावारी रोकिएपछि पीडित पक्षले उजुरी दिएको पीडित पक्षले जनायो । पीडितको गर्भ रहे नरहेको भन्ने बारे स्वास्थ्य परीक्षण भदौ ३१ गते जिल्ला अस्पतालमा गरिएको छ ।