१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रूरू गाउँपालिका–१ रिडीका ४० वर्षीय पवन ठकुरीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको भदौ ३१ गते जिल्ला अस्पताल पाल्पामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद घिमिरेले बताए ।