INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक रूपमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा–११ का २५ वर्षीय दिपक दुलाल र सोही नपा १० का श्यामसुन्दर कडेललाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालार्य आरोपितहरूले भदौ १७ गते सामूहिक रूपमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ २८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो