१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालक मेलम्ची नगरपालिका–११ का २५ वर्षीय दिपक दुलाल र सोही नगरपालिका–१० का २४ वर्षीय श्यामसुन्दर कडेलविरूद्घ भदौ २९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १७ गते मेलम्ची बजारको एक होटलमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको र फरार आरोपितहरूको खोजी कार्य जारी रहेको जनाइएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथामिक स्वास्थ्य उपचार केन्द्र मेलम्चीमा भदौ २९ गते गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।