पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रियुगा नपा–३ मोतीगडाका १८ वर्षीय हेमबहादुर कार्कीलाई जिल्ला अदालतले भदौ १९ गते १२ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।
न्यायाधीश तिर्थराज केसीको इजलासले बलात्कारको कसुरमा सो फैसला सुनाएको हो । बालिकालाई पीडकले ०७४ भदौ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १९ गते जिल्ला प्रहरी कार्यालय गाईघाटमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो । उजुरी लगत्तै गिरफ्तार भएका कार्कीलाई जिल्ला अदालतले ०७४ असोज २३ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।