३८ वर्षीया गर्भवती महिलालाई सामूहिक बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले विजयनगर गाँउपालिका-७ का २८ वर्षीय बकान्चु केवटलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।
मानसिक स्वास्थ्य पीडित महिलालाई भदौ १२ गते तीन जनाले बलात्कार गरेको भन्दै पीडितका पतिले भदौ १३ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।
उजुरी आएलगत्तै प्रहरीले भदौ १४ गते विजयनगर गाउँपालिका-७ का ४० वर्षीय प्रल्हाद केवट र ४२ वर्षीय वर्षादी केवटलाई गिरफ्तार गरेको थियो भने बकान्चु फरार रहेका थिए । फरार आरोपित गिरफ्तार परेपछि प्रहरीले घटना सार्वजनिक गरेको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण शिवराज अस्पतालमा भदौ १३ गते गरिएको छ ।