INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भदौ १५ गते फालेलुङ गाउँपालिका–८ का ४६ वर्षीय पदमसुन्दर केरुङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित महिलाले भदौ १४ गते दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका सई विष्णु खड्काले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा तथा उपचार गरिएको छ ।

पीडित महिलालाई ओपितले भदौ १३ गते बलात्कार गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् । आरोपितले भने आफूलाई फसाउन मात्र पीडितले आरोप लगाएको प्रतिक्रिया दिएका छन् ।

अन्य

भिडियो