INSEC Online

📅 २०८३ जेष्ठ २१

हिरासतमा लिइएका सिके राउतका एक कार्यकर्ता बिरामी भई उपचारको क्रममा मृत्यु

प्रहरीद्वारा भदौ ७ गतेदेखि हिरासतमा राखिएका सिके राउतका एक जना कार्यकर्ताको उपचारका क्रममा भदौ १६ गते मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला जानकी गाउँपालिका–२ का २९ वर्षीय राममनोहर यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुरेन्द्रप्रसाद मैनालीका अनुसार राममनोहर यादवले भदौ १४ गते बिहान एक्कासी टाउकोमा अप्ठेरो भएको भनेपछि तत्कालै बर्दिया जिल्ला अस्पतालमा उपचारका लागि लगिएको थियो ।

त्यहाँ डाक्टरले प्रेसरले गर्दा शरीरको एक भागमा असर परेको भन्दै तत्कालै भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पठाएका थिए ।

त्यहाँ पनि सामान्य अवस्थामा उपचार गर्न समस्या देखिएपछि नेपालगञ्ज स्थित नर्सिङ् होममा लागि आइसियुमा राखेर उपचार जारी राखेको थियो । तर, सुधार नभएपछि प्रहरीले बिरामीका आफन्त र स्वास्थ्यकर्मी सहितको टोलीलाई भदौ १५ गते नै बिरामी लिएर काठमाडौँ टिचिङ अस्पताल लगिएको र त्यहाँ राति दुई बजे तिर उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

मृतक २९ वर्षीय राममनोहर यादवसँगै सिके राउतका समर्थक बाँके जिल्ला संयोजक सोही ठाउँका  ३० वर्षीय इरफान शेष, सहसंयोजक बाँके जिल्ला दुदुवा हिरमिनिया गाउँपालिका–६ का २८ वर्षीय हरपाल सिाह शिष, क्षेत्रीय संयोजक बाँके जिल्ला जानकी गाउँपालिका–६ का ३४ वर्षीय राजितराम बर्मालाई भदौ ७ गते बर्दियाको सदरमुकाम गुलरियामा उप प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव अतिथिबरहेको कार्यक्रम विथोल्न लागेको भन्दै गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा हिरासतमा राखिएको थियो ।

गिरफ्तार परेका सबैलाई मुलुकी ऐन अपराध संहिता ऐन दफा ४९ अन्र्तगत राज्य बिद्रोह गरेको आरोपमा भदौ ८ गते मुद्दा दर्ता अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

अन्य

भिडियो