INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिद्धलेक गाउँपालिका-५ कुम्पुरका १७ वर्षीय बालकलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरेको लिएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले बताए ।

पीडित बालिकाले प्रतिकार गर्दा पीडित बालिका घाइते भएपछि गाउँबासीले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएका थिए ।

पीडित बालिकाको दुवै आँखामा रगत जमेको र घाँटीमा निलडाम हुनेगरि घाउ भएको छ । पीडित बालिकाको उपचार जिल्ला अस्पताल र धादिङ सामुदायिक आँखा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो