INSEC Online

📅 २०८३ जेष्ठ २१

गङ्गामायाको बकपत्र गराउन अदालतको आदेश

छोराको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको वीर अस्पतालमा अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको बकपत्र गराउन भदौ २६ गते चितवन जिल्ला अदालतले आदेश गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवरको इजलासले गरेको आदेशमा उल्लेख भए अनुसार चितवन जिल्ला अदालतका एक जना अधिकृतले अव गङ्गामायासँग भेटेर घटनाबारे बकपत्र लिनेछन् ।

गोरखा जिल्ला फुजेल गाविस-७ घर भई चितवनको रत्ननगर नपा-१३ मा आफ्नो हजुर बुबालाई भेट गर्न आएका १७ वर्षीय कृष्णप्रसाद अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले ०६१ जेठ २४ गते निर्ममतापूर्वक हत्या गरेको आरोप छ ।

छोराको हत्यारालाई कारबाही गरी न्याय दिलाउन भन्दै गङ्गामाया र उनका पति नन्दप्रसाद अधिकारी अनसनमा थिए । अनसनमै रहँदा नन्दप्रसादको ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्यु भयो । अहिले गङ्गामायाको स्वास्थ्य अवस्था पनि कमजोर रहेको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

अन्य

भिडियो