INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नपा-५ माल्टाका १८ वर्षीय ज्ञानेल राईलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारुले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ५ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो