पाथीभरा याङवरक गाँउपालिका-२ थेचम्बुस्थित लतेवारीमा २० वर्षीया कमला बिकले कुटपिटपछि शौचालयमा फालेर १० महिने जुम्ल्याहा छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
मृतक बालिकाद्वयलाई आरोपितले साउन २६ गते कुटपिटपछि शौचालयमा फालिएका जुम्ल्याहामध्ये गङ्गालाई स्थानीयले मृत अवस्थामा फेला पारेका थिए ।
नाजुक अवस्थामा उद्घार गरिएकी जमुनाको उपचारका क्रममा साउन ३० गते मनमोहन अस्पताल विर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
स्थानीयले १२ हजार रुपियाँ सङ्कलन गरी जमुनाको ज्यान बचाउने प्रयास गरेपनि सफल नभएको सञ्जमायाले बताइन् ।
साउन ३१ गते गङ्गाको पोष्टमार्टम गरी ५० वर्षीया मावली हजुरआमा सञ्जमाया बिकलाई शव जिम्मा दिने तयारी गरिएको डिएसपी बस्नेतले बताए । यो समाचार तयार पार्दासम्म शवको पोष्टमार्टम गरिएको छैन ।
कुटपिटपछि शौचालयमा जुम्ल्याहा छोरी फालेर २० वर्षीया आमा कमला फरार रहेको सञ्जमायाले बताइन् ।
स्थानीयले १२ हजार रूपियाँ सङ्कलन गरी जमुनाको ज्यान बचाउने प्रयास गरेपनि सफल नभएको सञ्जमायाले बताइन् ।
साउन २६ गते छोरीले नातिनीद्वयलाई कुटपिट गरेको देखेपछि आफूलाई नराम्रो लागेकाले मन भुलाउन बारीमा गएका बेला नातिनीहरूलाई शौचालयमा फालेको हुनसक्ने सञ्जमायाले बताइन् ।
उनले छोरी कहिलेकाँही नातिनीद्वयलाई लिएर ४-५ दिनसम्म हराउने गरेकाले पनि ४-५ दिनसम्म खोजीमा चासो नदिएको बताइन् ।
माइती घरमा बस्दै आएकी कमलाका पति को हुन् भन्ने टुङ्गो नलागेको र फरार उनको खोजी भइरहेको डिएसपी बस्नेतले बताए ।